उदयपुरमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु

Advertisement

बेल्टार । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ बेल्टारमा स्कुल बसको ठक्करबाट एक पैदल यात्रु बृद्धाको मृत्यु भएको छ।

बिहीबार बिहान ९ बजे बेल्टारबाट बिरेन्द्र बजारतर्फ जाँदै गरेको पारुहाङ एकेडेमी स्कुलको ना ४ ख ८१३४ नम्बरको बसले वडा नम्बर ८ की ६० वर्षीया नम्रता थापालाई ठक्कर दिंदा मृत्यु भएको हो।

बसको ठक्करबाट घाइते भएकी थापालाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र बेल्टार लैजानसाथ चिकित्सकले मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बुद्धी चौलागाईले जानकारी दिएका छन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर चौलागाईले बताए।

Advertisement

Advertisement

Advertisement