निर्वाचन आयोगले तोक्यो उम्मेदवारको खर्च सीमा, २५ लाख खर्च गर्न पाइने

Advertisement

काठमाडौं । निर्वाचन आयोगले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार हुने व्यक्तिहरुका लागि खर्चको सिमा तोकेको छ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरेर उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा निर्धारण गरेको हो। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवारले २५ लाख, प्रदेशसभा उम्मेदवारले १५ लाख र उपमहानगरपालिकाको अध्यक्षले ५ लाख ५० हजार गर्न गर्न पाउने सीमा तोकेको छ।

वडाध्यक्षका लागि २ लाख ५० हजार, नगरपालिकाका वडा अध्यक्षका लागि २ लाख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले ३ लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ। त्यस्तै प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवारले १६ दिन र स्थानीय तहका उम्मेदवारले १० दिन भित्र प्रचारप्रसार गरिसक्नुपर्ने समयसीमा आयोगले निर्धारण गरेको छ।

तोकिएको खर्चको अधिकतम सीमा र प्रचार अवधि उल्लंघन गर्नेलाई निर्वाचन कानुन अनुसार कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ।

Advertisement

Advertisement

Advertisement