सनराइज बैंकको नाफा ४५ करोड, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । सनराइज बैंकले असोज मसान्त अवधीमा ४५ करोड नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो ३ महिनामा ४५ करोड ४३ लाख खुद नाफा आर्जन गरेको हो ।

बैंकको वितरण योग्य मुनाफा भने १५ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार ७७ अर्ब निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.०६ प्रतिशत कायम छ ।

८ अर्ब १५ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । बैंकको कस्ट अफ फण्ड ७.१२ प्रतिशत छ भने आधार ब्याजदर ९.९७ प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.५० प्रतिशत कायम छ ।

बैंकको प्रति सेयर आम्दानी २२.२९ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ भने १५५.७८ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement