नेपाल र अजरबैजानका कम्पनीबीच सहमति

Advertisement

काठमाडौं । एसिया कोअपरेसन र अजरबैजानको सिनामल्लक कम्पनीबीच नेपालमा इगभर्नेन्सको क्षेत्रमा संभाव्यता अध्ययन गर्ने विषयमा समझदारी भएको छ ।

अजरबैजानको बाकुमा दुवै कम्पनीबीच ई–भिसा सोलसुन, डेटा सेन्टर, ई–सिग्नेचर, फ्लिट म्यानेगमेन्ट सिस्टम, डेटा म्यानेजमेन्ट सिस्टमको कार्यान्वयनको जस्ता विषयहरूमा संभाव्यता अध्ययन गर्ने सम्झौता भएको कम्पनीले जनाएको हो । एसिया कोअपरेसनका अध्यक्ष सुनील केसीका अनुसार दुवै कम्पनीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको डिजिटल नेपाल क्याम्पेनलाई प्रवद्र्धन गर्नेछन् ।

जर्जिया, कीर्गिजस्तान, संयुक्त अरब इमिरेट्स, रुस र अमेरिकामा कार्यालय रहेको सिनामल्लक सन् १९९४ मा स्थापना भएको कम्पनी हो । ‘सिनमल्लकको सहकार्यबाट ई–गभर्नेन्सको क्षेत्रमा सहयोग गर्नेछ र त्यसकै माध्यमबाट ई–गभर्नेन्स र टेलिकम्युनिकेसनको क्षेत्रमा विदेशी लगानी पनि आउने छ,’ केसीले बताए ।

Advertisement

Advertisement

Advertisement