स्रोत नखुलेको १८ लाख नेपाली रकमसहित ३ जना भारतीय पक्राउ

Advertisement

वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रकमसहित ३ जना भारतीय पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान साढे १० बजे प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement