उत्तर कोरियालीका शक्तिशाली नेताले भेटे माधव नेपाललाई, आखिर किन ?

Advertisement

काठमाडौं । उत्तर कोरियाको संसदका उपप्रमुख तथा राजधानी प्योङयाङ महानगरका प्रमुख चो हुई रिमले नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँग भेट गरेका छन् । काठमाडौं महानगरपालिकासँगको भगिनी सम्बन्ध रहेको प्योङयाङका प्रमुखलाई किन जोङ उनका विश्वास पात्र मानिन्छन् । उनी उत्तर कोरियाका शक्तिशाली नेताका रुपमा गनिन्छन् ।
नेकपाका बिदेश विभाग प्रमुख माधव नेपालसँगको भेटमा रिमले दुई देशबीचको कुटनितिक सम्बन्ध र दुई देशका सत्तारुढ पार्टीहरुबीचको सम्बन्धबारे छलफल गरेका थिए । नेता नेपाललाई भेट्न रिमको टोली उनको निजी निवास कोटेश्वरमै पुगेको थियो ।

उत्तर कोरियाका संस्थापक नेता किम इल सुङसँग निकट सम्बन्ध राखेका नेकपा बरिष्ठ नेता नेपाललाई उत्तर कोरियालीहरुले बिशेष सम्मान गर्छन् । २ वर्ष अघि सरकारको अनिच्छाका बावजुद पनि नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेका थिए । उनले कोरियाली दिपमा शान्ति स्थापनाको आव्हान समेत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement