सिद्धार्थ बैंकको नाफा ५२ करोड, यस्ता छन् अरु सूचक

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५२ करोड नाफा आर्जन गरेको छ ।  बैंकले असोज मसान्त अवधीमा ५२ करोड १४ लाख नाफा आर्जन गरेको हो । सिद्धार्थको वितरण योग्य नाफा भने १८ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

बैंकले पहिलो त्रैमासिकमा १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ८ अर्ब कर्जा लगानी गरेको छ । सिद्धार्थको सिडी रेसियो ७७.३६ प्रतिशत कायम छ । १० अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.२८ प्रतिशत छ भने आधार ब्याज दर १०.०२ प्रतिशत छ । सिद्धार्थको स्प्रेड दर ४.४३ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.३३ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३.०३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १७३.२७ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement