सामसङको ट्रिपल रियर क्यामरायुक्त 'ग्यालेक्सी ए२०एस' नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौं । नेपालको कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले हालै ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ए२०एस मा नयाँ विशेषताहरु राखिएका छन् । कनेक्टिभिटिको नयाँ जमानामा आफ्नो अनुभवलाई क्याप्चर गरी सेयर गर्न चाहने नयाँ पुस्ताको लागि यो फोन विशेषतःनिर्माण गरिएको छ ।

ग्यालेक्सी ए परिवारको नयाँ सदस्य, ग्यालेक्सी ए२०एसमा ट्रिपल रियर क्यामरा, १५ वाटको फास्ट चार्जिङ्ग एवं आकर्षक डिजाइन रहेको छ । यो फोन युवा मिलेनियल्स एवं जेन्जीहरुलाई स्मार्ट फोनको उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

‘स्मार्ट फोन विजिनेसमा ग्लोबल लिडर भएको नाताले हामी प्रयोगकर्ताहरुका लागि अत्याधुनिक आविष्कार प्रदान गर्न निरन्तर प्रयासरत छौं । ग्यालेक्सी ए२०एस को विकास ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी गरिएको हो । यसमा शानदार डिस्प्ले, उत्कृष्ट ट्रिपल क्यामरा तथा ऐना जस्तै फिनिसिङ्गको साथ आकर्षक डिजाइन रहेको छ ।

लाइभ सम्बाद शेयर गर्न, लगातार फोटो क्याप्चर गर्न, लाइभ भिडियो स्ट्रिम गर्न तथा साझाअनुभवको साथ कनेक्ट गर्नको लागि मोबाइल फोनको प्रयोग गर्ने गरिन्छ । यस्तै आवश्यकताहरुलाई परिपूर्ति गर्न ग्यालेक्सी ए२०एसको आविष्कार गरिएको हो । यसले दैनिकजीवनलाई अझै सहजता प्रदान गर्नेछ । ८ एमएम स्लिम डिजाइन युक्त यस फोन आकर्षक नयाँ रङ्गहरुमाउपलब्ध रहेको छ’ सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

भ्युइङ्ग अनुभव एवं शक्तिशाली व्याट्री

ग्यालेक्सी ब्द्दण्कमाआकर्षक ६.५ इन्चको एचडी इन्फिनिटी–वी डिस्प्ले रहेको छ, प्रयोगकर्ताहरुलाई जीवन्त अनुभव प्रदान गर्नेछ । यसमा ४००० एमएएच को व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग रहेको छ, जसले गर्दा सहज स्ट्रिमिङ्ग एवं गेमिङ्गको मज्जालिन सकिन्छ । ग्यालेक्सी ए२०एसमा डल्वी एटमास सराउन्ड साउन्ट प्रविधि रहेको छ ।

शानदार क्यामरा

ग्यालेक्सी ए२०एसमा शानदार क्यामरा विद्यमान रहेको छ । आजका युवाहरुलाई उत्कृष्ट फिचरहरु प्रदान गर्न यसले मद्दत गर्ने छ । ग्यालेक्सी ए२०एसको ट्रिपलर क्यारमा १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा, एफ १.८ अपर्चर, ८ मेगापिक्सलको अल्ट्रावाइड लेन्स तथा ५ मेगापिक्सलको डेप्थक्यामरा रहेको छ, जसले अत्यन्त आकर्षक फोटो खिच्न सक्षम हुनेछ । ग्यालेक्सी ए२०एस मा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ, जसले अझै स्पष्ट एवं ब्राइट सेल्फी खिच्न सहयोग मिल्नेछ ।

ग्यालेक्सी ए२०एसमा क्वालकोम स्न्याप ड्रयागन ४५० अक्टाकोर प्रोसेसर रहेको छ, जसले प्रयोगकर्ताहरुलाई सहजै विभिन्न एपहरु चलाउन सकिन्छ । यो डिभाइसमा स्लीक ८ एमएमको ऐना जस्तै फिनिसिङ्गभएको अत्यन्त सुन्दर डिजाइन रहेको छ । विभिन्न आकर्षक हरियो, नीलो तथाकालो गरी ३ रंगहरुमा यो फोन उपलब्ध रहेको छ । ग्यालेक्सी ए२०एस ३ जिवि र्याम ३२ जिवि इन्टरनल स्टोरेज तथा ४ जिवि र्याम ६४ जिवि इन्टरनल स्टोरेजमा उपलब्ध रहेको छ । यसमा रियर फिङ्गर प्रिन्ट स्क्यानर पनि रहेको छ ।

बजार मूल्य
ग्यालेक्सी ए२०एस को खरिद मूल्य २० हजार ६९० (३जीबी+३२ जीबी) र २३ हजार ९९० (४जीबी+६४जीबी तोखिएको छ । यो फोन नेपाली बजारमा कार्तिक ८ गतेदेखि उपलब्ध हुँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement