इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेता सार्बजनिक

Advertisement

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई यमाहाको एफ जेड एस एफ आइ भि थि मोटरसाइकल हस्तान्तरण गरिएको छ । यसैगरी अर्को बम्पर उपहार बिजेता काठमाडौ रामकोटका किरण घलेलाई एक साताको लागि एक जोडिलाई दुवई ट्रिपको प्याकेज हस्तान्तरण गरिएको छ ।

इसेवाको यस उपहार योजनामा तीन सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । छ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्न सफल भएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए । यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग छ जनाले तथा ओयो रूम छ जनाले जित्न सफल भए । यस्तै क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए । यसैगरी सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए
असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।
इसेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल इसेवाका ग्राहक २५ लाख भन्दा बढी पुगी सकेका छन् र यो संख्या निरन्तर बढ्ने क्रममा छ । देशभर रहेका इसेवाका ६० हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख भन्दाबढिले इसेवाका सेवाहरु लिइरहेका छन् । हाल इसेवामा ७० हजार भन्दा बढि मर्चेन्ट आवद्ध छन् ।

Advertisement

Advertisement

Advertisement