सबै मन्त्रीहरुलाई सामुहिक राजीनामा गराइँदै, को को आउलान ओलीका नयाँ सारथी ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपीले सबै मन्त्रीहरुलाई सामुहिक राजीनामा गराउने तयारी थालेका छन् । पहिलो चरणमा सल्लाहकारहरुलाई सामुहिक राजीनामा गराएका प्रधानमन्त्री ओलीले दोश्रो चरणमा सबै मन्त्रीहरुलाई त्यसै गर्न संकेत दिएका हुन् ।

अर्का पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेपछि प्रधानमन्त्री ओलीले सामुहिक राजीनामा गराउन लागेका हुन् । सरकार गठन भएको २ वर्ष बितिसक्दा समेत सरकारको काम कारवाहीमा पुरानै ढर्राले निरन्तरता पाएकाले २ तिहाई बहुमतको अनुभूति हुने गरि काम गर्न नयाँ टिम तयार पार्न ओलीले राजीनामा गराउने बाटो रोजेका हुन् ।

‘सरकारले अहिलेकै तरिकाले काम गर्दा जनतामा निराशा मात्रै बढ्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नु भएको छ, त्यसैले नयाँ टिम गठनका लागि सबैलाई राजीनामा गराउने तयारी भएको हो, त्यसको आरम्भ भने सल्लाहकार टिमबाट गरिएको हो’, नेकपा उच्च श्रोतले भन्यो ।

एकाध मन्त्रीहरुलाई मात्रै राजीनामा गराउँदा राजनीतिक करिअर नै समाप्त हुने भएकाले सबैलाई हटाएर नयाँ टिम सेट गराउने योजनामा ओली पुगेका हुन् । वर्तमान सरकारका अधिकांश मन्त्रीहरुको कार्य सम्पादनसँग ओली सन्तुष्ठ छैनन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री बिना मगर, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगर, खेलकुद मन्त्री जगत विश्वकर्मा, सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित, गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतका कामसँग प्रधानमन्त्री ओलीसँग तिब्र असन्तुष्ठि रहेको बताइन्छ । त्यस्तै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रृका यादव, कृषि विकास मन्त्री चक्रपाणी खनाल लगायतका काम पनि सन्तोषजनक नभएको ओलीको ठम्याई छ । गृहमन्त्री राम बहादुर थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा, उर्जा मन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बहादुर बस्नेत प्रति पनि ओली र प्रचण्ड दुबै सन्तुष्ठ छैनन् ।

यी मन्त्रीहरुलाई हटाउँदा उनीहरुको राजनीतिक करिअर नै समाप्त हुने र भोली निर्वाचन जित्न समेत कठिनाई उत्पन्न हुने भएकाले सबैलाई राजीनामा गराएर फरक सन्देश स्थापित गर्न खोजीको हो ।  अहिलेको मन्त्री मण्डलमा सन्तोषजनक काम गरेका मन्त्रीहरुले भने पुनःनियुक्ती पाउने बताईएको छ ।

को को छन् रेसमा ?


मन्त्री मण्डल पुनर्गठनको बहस उत्कर्षमा पुगेपछि मन्त्री बन्नेहरुको दौडधुप पनि तिब्र बनेको छ । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफुलाई भावी अर्थमन्त्रीका रुपमा अघि सार्न थालेका छन् । उनले पनि ओलीलाई भेटेरै आफुलाई अर्थमन्त्री बनाएमा विकासको लक्ष्य पनि पुरा गर्ने र अर्थतन्त्र पनि जोगाउने प्रतिवद्धता नै व्यक्त गरेको श्रोत बताउँछ ।

पुर्व गृह तथा रक्षा मन्त्री भिम रावललाई पनि मन्त्री बनाउने आश्वासन ओलीले दिएको बताइन्छ ।
त्यस्तै, पूर्व उद्योग मन्त्री महेश बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाउने सम्भावना रहेको छ ।
त्यस बाहेक यज्ञराज सुनुवार, बिरोध खतिवडा, कल्याणी खड्का पनि मन्त्री बन्ने रेसका खेलाडी हुन् ।

पूर्व माओवादीका तर्फबाट भने जनार्दन शर्मा, अग्नि प्रसाद सापकोटा, टोप बहादुर रायमाझी, देवेन्द्र पौडेल, पम्फा भुषाल, टेक बहादुर बस्नेत लगायत छन् ।

Advertisement

Advertisement

Advertisement