मेगा बैंकले जित्यो 'बैंक अफ द इअर २०१९' को अवार्ड

Advertisement

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंक अफ दी एयर २०१९ अवार्ड जितेको छ । बेलायतको द बैंकर म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने अवार्ड सन २०१९ का लागि मेगा बैंकले पाएको हो ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले लण्डनमा आयोजीत एक कार्यक्रममा अवार्ड लिएकी हुन् ।

एक दशक भन्दा छोटो अवधीमै बैंकले २७ वटा बाणिज्य बैंकलाई उछिन्दै बैंक अफ द इअर अवार्ड हात पारेको हो ।

१० अर्ब ३८ करोड चुक्ता पुँजी भएको बैंकले गत वर्षको नाफाबाट ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकका १०२ वटा शाखा सञ्चालनमा छन भने १९ वटा एक्सटेन्सन काउण्टर छन् ।
बैंकको ग्राहक आधार ६ लाख भन्दा बढी पुगेको छ ।

Advertisement

Advertisement

Advertisement