जनता बैंकको नाफा ३६ करोड, ग्लोबल आइएमईसँग मर्जर अघि अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । जनता बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधीम ३६ करोड ६९ लाख नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्त अवधीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आवको सोही अवधीको तुलनामा ४ करोड ३४ लाख रुपैयाँले नाफा वृद्धि गरेको हो । बैंकले २०७५ असोज मसान्त अवधीमा ३२ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

जनता बैंकको वितरण योग्य नाफा भने १८ करोड ५३ लाख रुपैयाँ रहेको छ । बैंकले यो अवधीमा ७५ अर्ब निक्षेप संकलन गरेर ६८ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७९.९४ प्रतिशत पुगेको छ । ८ अर्ब चुक्ता पुँजी भएको जनताको जगेडा कोषमा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.१३ प्रतिशत छ भने स्प्रेड दर ४.९५ प्रतिशत रहेको छ ।

१.३३ प्रतिशत खराब कर्जा रहेको बैंकको कस्ट अफ फण्ड भने ७.५३ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १८.३४ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ भने १३७.५० रुपैयाँ छ । जनता बैंक र ग्लोबल आइएमई बैंकले मर्जरमा जाने निर्णय गरेर प्रक्रिया अघि बढाईसकेका छन् । केहि महिनाभित्रै यी दुई बैंकले एकिकृत कारोबार थाल्ने तयारी गरिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement