प्रभु बैंकले कमायो ३ महिनामै ६२ करोड नाफा, यस्ता छन् अरु सूचक

Advertisement

काठमाडौं । प्रभु बैंकले ३ महिनामा ६२ करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६२ करोड ८४ लाख नाफा गरेको हो । एनएफआरएस प्रणाली अनुसार बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार वितरण योग्य नाफा भने ५ करोड ५७ लाख रुपैंयाँ छ ।

यो अवधीमा बैंकले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर ९१ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७७.८१ प्रतिशत कायम भएको छ । ८ अर्ब ८९ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ३.३२ प्रतिशत छ भने स्प्रेड दर ५.१५ प्रतिशत छ । बैंकको आधार ब्याजदर ९.२४ प्रतिशत रहँदा कस्ट अफ फण्ड भने ६.१५ प्रतिशत छ । प्रभुको प्रति सेयर आम्दानी २८.२७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १६७.१२ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement