सिटिजन लाइफले गर्दैछ १० हजारमै जीवन बीमा, यस्ता छन् विशेषताहरू

Advertisement

काठमाडौं । काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन शुभारम्भ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक बिशेष कार्यक्रम गरेर गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपियाँमै बीमा गर्न सकिने योजना सार्वजनिक गरेको हो ।

कम्पनीका सञ्चालक समितिका सदस्यहरू मनोज कार्की तथा दिप प्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल तथा ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा उक्त योजनाको सार्वजनिक गरेका हुन् ।

गरिबीका रेखामुनी रहेका २१ प्रतिशत नेपाली नागरिकलाई लक्षित गरेर यो बीमा योजना ल्याएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस योजना अन्तरगत न्यूनतम रू। १० हजारको बीमांंकमा नै बीमा गर्न सकिन्छ । साथै, यसले बीमा अवधीभर तोकिएको जोखिमको रक्षावरण गरि बीमितहरूलाई डबल सुरक्षा प्रदान गर्ने बताइएको छ ।

योजना अनसार बीमितको साधारण मृत्यु भएमा इच्छाएको व्यक्तिले बीमांकको डबल रकम पाउनेछन् । यदि, दुर्घटनाका कारण बीमितको मृत्यु भयो भने बीमांकको तीन गुणा रकम प्रदान गरिने बताइएको छ । यसैगरि यस बीमा योजनाले स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा तथा रु। ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरू रहेको छ ।

कम्पनीका सीईओ पौडेलले गरिवीका रेखामुनि रहेका नागरिकलाई लक्षित गरेर यो बीमा योजना ल्याएको बताए । उनले भने, ‘बीमा बजारमा प्रचलित प्रडक्टहरूले त्यस्ता समुदायका नागरिकलाई समेट्न सकेका छैनन् । अब यो योजनाले उनीहरूलाई समेट्ने विश्वास लिएका छौं ।’ यस्तै ब्राण्ड एम्बेसेडरद्वय आचार्य र श्रेष्ठले पनि बीमाको महत्व दर्साउदै बीमाको क्षेत्रगत दायरा बढाउनुपर्ने बताएका थिए ।

कम्पनीका अनुसार पाँच बर्षदेखि ६५ बर्षसम्म उमेर भएका व्यक्ति यो योजनामा सामेल हुन सक्नेछन । बीमा अवधी भने पाँच देखि ३५ बर्षसम्मको हुने कम्पनीको भनाइ छ । अधिक्त्तम बीमांक रकम भने बीमितको आय र कम्पनीको जोखिमांकनको नीतिअनुसार निर्धारण गरिने बताइएको छ ।

त्यस्तै, न्यूनतम बीमाङ्क रकम १० हजार रुपियाँ कायम गरिएको छ भने अधिकतम बीमितको आयको आधार सहित कम्पनीको जोखिममाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने इन्स्योरेन्सले जानकारी दिएको छ ।

यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई डबल सुरक्षा प्रदान गर्नेछ । जस अन्तर्गत बीमितहरुले साधारण मृत्युमा बीमाङ्कको डबल रकम र दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा भुक्तानी पाउने छन् ।

२०७४ कार्तिक देखि संचालनमा आएको यस कम्पनीले नयँ योजनाहरु ल्याउने क्रममा यसअघि पनि पेन्सनको सुविधा सहितको सिटिजन जीवन सारथी बीमा योजना र सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षा बीमा योजना प्रचलन मा ल्याएको छ । हाल कम्पनीले नेपालभर १०० वटा कार्यालयहरू मार्फत आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement