सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने एनएमबि बैंकको प्रस्ताव

Advertisement

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा एनएमबि बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। हालसम्म १८ वाणिज्य बैंकको लाभांश घोषणा भएकोमा बैंकको लाभांश सबैभन्दा धेरै हो। बैंकले यसअघि नबिल बैंकले ३४ प्रतिशत लाभांश घोषणा गरेको थियो।

बैंकले २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपियाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ रुपियाँ नगद लाभांश वितरण गर्नेछ ।

एनएमबी र ओम बैंकको एकीकृत चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपियाँ रहेको छ । २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ चुक्ता पूँजी रुपियाँ पुग्नेछ।

Nmb

Advertisement

Advertisement

Advertisement