युवतीको विषयलाई लिएर १८ बर्षअघि हत्या गरी भागेका दुई जना पक्राउ

Advertisement

काठमाडौं । पूरानो रिसइवी र युवतीको विषयलाई लिएर १८ बर्षअघि धादिङ दार्खा–२ (हालको खनियाबास–३) का २४ बर्षीय पशुराम तामाङलाई हत्या गर्ने दुई आरोपीहरु पक्राउ परेका छन् ।

सोही ठाउँका गोम तामाङ र शुक लामा तामाङले एकादशीको मेला भर्न गएको बेला खुकुरी र नाइन स्टिकसमेत प्रहार गरी पशुरामको हत्या गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि आइतबार धादिङ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरेलगत्तै फरार भएका दुवैमध्ये गोम लामा वैदेशिक रोजगारीको सिलसिलामा तीन बर्ष दुवई बसेर फर्की गागलफेदीमा कृषि फर्म तथा घरजग्गाको व्यवसाय गर्दै आएको अवस्थामा तथा शुक लामा कतार तथा मलेसियामा छ बर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल सञ्चालन गर्दै आएको अवस्थामा पक्राउ परेका हुन् ।

Advertisement

Advertisement

Advertisement