धेरै समयपछि सेयर बजारमा उत्साहजनक वृद्धि, कारोबार रकम पनि बढ्यो

Advertisement

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से १३ दशमलव ७७ अंकले बढेर एक हजार १४५ दशमलव ५७ कायम भयो भने कारोबार रकम ५४ करोड ९९ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार १३ करोड ९२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । जसको कारोबार सात करोड ३३ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज अन्य समूहको सुचकमा ०.०९ प्रतिशतको गिरावट देखिएको छ । बाँकी सबै समूहका सूचकमा एक प्रतिशतभन्दा बढी र दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ । त्यस्तै, आज अन्य समूहको सुचकमा ०.०९ प्रतिशतको गिरावट देखिएको छ । बाँकी सबै समूहका सूचकमा एक प्रतिशतभन्दा बढी र दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ । माइक्रोफाइनान्स र उत्पादनमूलक समूहका सुचकमा दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ । त्यस्तै, म्युचल फण्ड, फाइनान्स र विकास बैंक शुन्य भन्दा धेरै प्रतिशतले अगाडि छन् भने बाँकी सबै एक प्रतिशतभन्दा बढीले हरिया भएको छन् ।

त्यसैगरी, धेरै फाइदा खानेमा हिमालयन डेष्टिलरीका लगानीकर्ता अगाडि छन् । कम्पनी ९.९७ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा एनआईबीएल समृद्ध फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी ५.७७ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement