भारईल ‘अघोरी बाबा’ प्रहरी नियन्त्रणमा

Advertisement

काठमाडौं । सामाजिक सञ्जालमा (भारईल) अघोरी बाबा भनेर चर्चित विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाबामाथि ठगी गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

बाबासँगै उनकी पत्नी शारदा पाण्डेलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement