९० प्रतिशत पर्यटक पुग्ने ठमेलको कस्तो छ अवस्था ? परिषदले थाल्यो पहल

Advertisement

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० आउन केहि समय मात्रै बाँकी छ । पर्यटन पूर्वाधार निर्माण, भएकाहरुलाई व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल आउने ९० प्रतिशत पर्यटकले पुग्ने महत्वपूर्ण गन्तव्य मानिएको ठमेललाई व्यवस्थित गर्न ठमेल पर्यटन विकास परिषद जुटेको छ ।

ठमेल पर्यटन विकास परिषदको अगुवाईमा ठमेलको रात्रीकालिन व्यवसायको अनुगमन गएिको छ । परिषदका अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष राजुमान डंगोल, महासचिव ध्रुव अधिकारी स्रोह्रखुट्टे र दरबारमार्गका प्रहरी प्रमुखहरुको नेतृत्वमा रात्रीकालिन व्यवसायको अनुगमन गरिएको हो ।

ठमेललाई व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटन गन्तव्यका रुपमा स्थापित गराउने उदेश्यले पहिलो चरणमा रात्रीकालिन व्यवसायको अनुगमन गरिएको परिषदका महासचिव ध्रुब अधिकारीले बताए ।

अनुगमन टोलीले ठमेलमा रहेका सडक बालबालिकालाई व्यवस्थापन ,फुटफाट व्यापार, अव्यवस्थित पार्किङ्ग, तेर्स्रो लिङ्गगीलाई ठमेल बाट हटाउने,लगायतका काम अघि बढाउने पनि उनले बताए । नेपाल भ्रमण वर्षलाई सफल बनाउन सुन्दर ठमेल ,सुरक्षित ठमेल को अवधारणा अघि सारेको महासचिव ध्रुब अधिकारीले बताए ।

Advertisement

Advertisement

Advertisement