नक्कली भ्याटः ११ अर्ब कारोबार गर्ने ९ सय व्यवसायीको फाइल खुल्दै, ठूला घरानिया पनि तानिँदै

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याटबिल प्रकरणमा ९ सय व्यवसायीमाथीका छानबिनलाई धमाधम अघि बढाईरहेको छ । ११ अर्ब भन्दा बढीको नक्कली भ्याटबिल कारोबार गर्ने व्यवसायीमध्ये ६० वटामाथीको छानबिन भने अन्तिमतिर पुर्याईसकेको छ ।

‘९ सय व्यवसायीले ११ अर्ब भन्दा बढीको नक्कली भ्याटबिलको कारोबार गरेका रहेछन्, तिमध्ये ६० वटा माथीको छानबिनलाई अन्तिम निष्कर्ष तर्फ पुर्याएका छौं, बाँकी पोको खोल्दै जानेछौं’, राजश्व अनुसन्धान विभागका महानिर्देशक दिर्घराज मैनालीले कर्पाेरेट नेपालसँग भने ।

६० मध्येपनि २० वटा फाइल भने सरकारी वकिलको कार्यालयमा पुर्याईसकिएको पनि उनले बताए । कुन कुन व्यवसायीमाथीको छाबिन सकेर सरकारी वकिलको कार्यालयमा पुर्याएको भन्ने खुलाउन नचाहेपनि उनले केहि ठुला घरानिया समेत तानिएको भने बताए ।

मैनालीले राजश्व अनुसन्धान विभागको नेतृत्व सम्हालेपछि १७ अर्बको राजश्व छली सम्बन्धी मुद्धा अदालतमा पुर्याएका छन् । तिमध्ये ११ अर्ब राजश्व चुहावटको थियो भने ६ अर्ब विदेशी विनियम अपचलन सम्बन्धी रहेका छन् । उनले ५ सय व्यवसायी विरुद्ध मुद्धा हालिसकेका छन् ।

Advertisement

Advertisement

Advertisement