माछापुच्छ्रेको १२६ औं शाखा तिलोत्तमामा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा १२६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन सोमवार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले गरिन् ।

चौधरीले सबै क्षेत्रका जनतामा वित्तीय पहुँच पुर्‍याउनुपर्नेमा जोड दिँदै उद्योग, व्यवसाय, कृषि, महिला उद्यमजस्ता क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आग्रह गरिन् । बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले बैंक उद्योगी र व्यापारी जन्माउने संस्था भएको भन्दै व्यवसाय गर्न चाहनेका लागि वित्तीय संस्थाबाट प्राप्त हुने कर्जा सबैभन्दा सजिलो र भरपर्दो माध्यम हुने बताए ।

बैंकका मणिग्राम शाखा प्रमुख लक्ष्मण अर्यालले नयाँ शाखामा कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधाका साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement