महालक्ष्मी विकास बैंकको पानी प्रशोधन उपकरण सहयोग सुर्खेतको विद्यालयलाई

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक सुर्खेत शाखाले आइतबार विरेन्द्रनगर नपा–३ मा स्थित हरिडिल भूमि माध्यमिक विद्यालयमा पानी प्रशोधन उपकरण जडान गरेको छ ।

बर्षातका समयमा महामारीका रुपमा देखिने ज्वरो, टाइफाइड जस्ता समस्याबाट विद्यार्थीहरुलाई जोगाउनका लागि बैंकले विद्यालयमा उक्त उपकरण जडान गरेको हो ।

त्यसैगरी, आइतबार नै बैंकको पालुङ शाखाले बज्रबाराही माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले विद्यालयका १०ं२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ सेवाबारे साक्षर गराएको हो ।

Advertisement

Advertisement

Advertisement