त्रिभुवन विमानस्थलबाट दुई केजी चाँदीसहित भुटानी नागरिक पक्राउ

Advertisement

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी चाँदीसहित भुटानी नागरिक पक्राउ परेका छन् ।

ड्रुक एयरको उडानद्वारा भुटानतर्फ जान लागेका ५१ वर्षीय भुटानी नागरिक गारव दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजान लागेको दुई केजी चाँदीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा राहदानी नम्बर जि १२८९३२ वाहक दोर्जेको साथमा रहेको ब्यागबाट ‘९९९’ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको उक्त परिमाणको चाँदी फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दोर्जेलाई बारमद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement