गोर्खाज फाईनान्स २५औं वर्षमा प्रवेश

Advertisement

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २५औँ बार्षिकोत्सव एक कार्यक्रम गरी मनाइएको छ । २०५१ साल कात्तिक २४ गते स्थापना भएको फाइनान्स कम्पनीको यो रजत जयन्ती हो ।

काठमाडौं फाइनान्सको नाम र २ करोड चुक्ता पूँजीबाट सुरु भएको संस्थाको हाल आएर ८६.७९ करोड चुक्ता पूँजी पुगेको छ । काठमाडौं फाइनान्स र गोर्खा बिकास बैंक एक आपसमा गाभिएर २०७२ साल चैत्र २८ गते गोर्खाज फाइनान्स लिमिटेड भएको हो ।

सो कार्यक्रममा फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेतिदेवी प्राविलाई सहयोग स्वरुप पचाँस हजार रुपियाँको चेक हस्तान्तरण गरे । भीमसेन गोला माविलाई पैतिस हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले अब गोर्खाज फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरुमा उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता जनाए ।

राष्ट्रिय स्तरको गोर्खाज फाइनान्सले हाल सातै प्रदेशमा २३ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले मोबाइल तथा इन्टरनेट बैंकिङ, आइपिएस सेवा, डबिट कार्ड, सी–आस्बालगायत आधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement