सेयर बजार ५.६१ अंकले ओरालो, कारोबार रकम पनि घट्यो

Advertisement

काठमाडौं । आज साताको तेस्रो दिन आज मंगलबार सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से ५ दशमलव ६१ अंकले घटेर एक हजार १३९ दशमलव ९६ कायम भयो भने कारोबार रकम ५४ करोड ९९ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा हिमालयन डेस्टिलरी अगाडी रहेको छ । जसको कारोबार ५ करोड ९७ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा एनएमबी बैंक रहेको छ । जसको कारोबार छ करोड ४५४ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज उत्पादनमूलक समूह शुन्य भन्दा बढी प्रतिशतले उकालो लागेको छ भने निर्जीवन बीमा समूह एक प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । बाँकी सबै समूहका सुचकमा शुन्यभन्दा बढी प्रतिशतको गिरावट देखिएको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा हिमालयन डेष्टिलरीका लगानीकर्ता अगाडि छन् । कम्पनी ७.५४ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी ५.०८प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement