अर्थमन्त्रीलाई भेटेर परिसंघको सल्लाह– निर्यात बढाउने हो भने अहिलेको सुधारले पुग्दैन्

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्री युवराज खतिवडाको ध्यानाकर्षण गराएको छ ।

मंगलबार अर्थ मन्त्रालयमा खतिवडालाई भेटेर परिसंघको प्रतिनिधि मण्डलले निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि छलफल गरेको हो ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनमा भइरहका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए । मोरले उत्पादन मूल्य कम गरि उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल लिनसमेत खतिवडासँग आग्रह गरे ।

मन्त्री खतिवडाले निर्यात प्रर्वद्धन तथा व्यापार घाटा कम गर्ने विषयमा आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए ।

उनले व्यवसायमैत्री वातावरण बनाउने कुरामा आफ्नो ध्यान गएको भन्दै परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने बताए । परिसंघका अध्यक्ष सतिशकुमार मोरसहित निर्वतमान अध्यक्ष हरिभक्त शर्मा र अन्य उद्योगीहरु सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement