रौतहट बम विस्फोटका घाइतेलाई आलमका मान्छेहरुद्धारा अपहरण गरी बयान बदल्न दबाब

Advertisement

रौतहट। राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोटनमा घाइते भएका भारतको विहार राज्यका सीतामढी ग्राम मुसाचौक वैरगानियाका गौरीशंकर राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि प्रहरी अनुसन्धानमा राजपुर फरहदवास्थित शेख इद्रिशको गाईवस्तु बाँध्ने गोठघरमा बम विस्फोट हुँदा आफ्नो दुवै कान चुँडिएको, घाँटी र छातीमा बमको छर्रा लागेको बयान दिएका रामले सोमबार जिल्ला अदालत गौरमा बहस चलिरहेकै बेला बयान फेर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

काएक बयान फेर्दै उनी हस्ताक्षरसहितको निवेदनमा बम विस्फोट नभई सन् २००१ मा स्टोभ पड्कँदा घाइते भएको कागज दर्ता गराउन अदालत पुगेका थिए।

तर रामले आफूलाई भारत सीतामढी कै मुसाचौकस्थित आलमका सम्धी शिवहर (विधानसभा क्षेत्रका विधायक) सरफुद्दिन सेखको घरमा चार दिन बन्धक बनाएर लिखित कागजमा बलपूर्वक हस्ताक्षर गराएको आरोप लगाएका छन्।

उनले आफूलाई पैसाको प्रलोभनसमेत देखाइएको बताएका छन् । चारपटक प्रतिनिधिसभा सदस्य र ६ पटक मन्त्री बनिसकेका आलम पहिलो संविधानसभाको अघिल्लो दिन ०६४ चैत २७ गते राती राजपुर फरहदवास्थित काका शेख इद्रिसको गोठमा भएको बम विस्फोटमा परी घाइते भएका दुई जनालाई ज्युँदै इँट्टाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते पक्राउ परेका थिए।

उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम भण्डार गरेको अभियोगमा मुद्दा चलाइएको छ। यसैबीच अफताब आलम पक्षधर कानुन व्यवसायीको बहस मंगलबार पनि सकिएन। वरिष्ठ अधिबक्ता यमबहादुर खडका, यदुनाथ खनाल र अधिवक्ता सतीशचन्द्र झाले आलमको पक्षमा बचाउको बहस गरेका थिए ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement