प्राइम लाइफको नाफा ४७ प्रतिशतले बढ्यो, बीमीत पुगे झण्डै १७ लाख

Advertisement

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ४७.३५ प्रतिशतले वृद्धि भएको छ । २०७५ असोज मसान्तमा ६ करोड ८० लाख नाफा आर्जन गरेको कम्पनीले २०७६ असोज मसान्त अवधीमा १० करोड २ लाख पुर्याएको हो ।

चुक्ता पुँजी २ अर्ब ७९ लाख रहेको कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब ५१ करोड रुपैयाँ छ । कम्पनीले हालसम्म १५ अर्ब ९१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ । चालु आवको पहिलो ३ महिनामा कम्पनीले ७६ करोड ५६ लाख बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले हालसम्म १६ लाख ८७ हजार ५ सय ३६ वटा बीमालेख जारी गरेको छ । पहिलो ३ महिनामा ६ सय ५४ वटा दावी वापत कम्पनीले १५ करोड भुक्तानी दिएको छ । प्राइम लाइफको प्रति सेयर आम्दानी १९.९७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement