सेयर बजार लगातार ओरालो, व्यापार समूहको सूचकमा भने उत्साजनक वृद्धि

Advertisement

काठमाडौं । आज साताको चौँथो दिन आज बुधबार सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से ४ दशमलव ८० अंकले घटेर एक हजार १३५ दशमलव १६ कायम भयो भने कारोबार रकम २७ करोड ५४ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा एनएमबी बैंक अगाडी रहेको छ । जसको कारोबार तीन करोड १२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा माछापुच्छ्रे बैंक रहेको छ । जसको कारोबार दुई करोड १२ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ अर्थात् व्यापार समूकको सुचक पाँच प्रतिशतभन्दा धेरैले उकालो लागेको छ भने फाइनान्स र अन्य समूहको सुचकमा एक प्रतिशतभन्दा धेरैको सुधार आएको छ । त्यस्तै, म्युचल फण्ड एक प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ भने बाँकी सबै समूहको सूचकमा शुन्यभन्दा धेरै प्रतिशतको गिरावट आएको देखिन्छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता अगाडि छन् । कम्पनी ७.९२ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी ५.५१ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement