कालापानी फिर्ता माग्दै धनकुटामा पनि प्रदर्शन

Advertisement

काठमाडौं । भारतले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा फिताए माग्दै धनकुटामा पनि बिरोध प्रदर्शन भएको छ । धनकुटा पाख्रीबासस्थित जालपादेवी क्याम्पस स्ववियुको नेतृत्वमा, स्थानीय सरकारी तथा निजि विद्यालयका विद्यार्थीहरु साथै बाल क्लब, स्थानीय अन्य संघसंस्थाहरुको गरि करिव एक हजार जनाले भारतीय विस्तारवदको विरुद्ध प्रशर्दन गरेका हुन् ।

पाख्रीबास बजार परिक्रमापछि आयोजीत कोण सभालाई साबिक अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका संयोजक अङ्कित थापा, पाख्रीवास नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष सोभित निरौला , स्ववियु सभापति साबित्रा घिमिरे, युवा नेता ध्रुव पौडेल लगाएत अन्य स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरुले सम्बोधन गरेका थिए ।  उनीहरुले भारतीय हस्तक्षेपको विरुद्ध सिंगो देश एक भएर उभिएको बताएका थिए ।

Advertisement

Advertisement

Advertisement