ओली-नेपाल चार घण्टे अन्तर सम्वाद, होला त कोर्ष करेक्सन ?

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा बरिष्ठ तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबीच चार घण्टा छलफल भएपछि नेकपामा नयाँ तरंग सृजना भएको छ । मंगलबार प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच लामो छलफल भएपछि नेकपामा पूर्व एमाले फ्याक्टरमा यसलाई कोर्ष करेक्सन भन्न थालिएको छ ।

नेकपा भित्र पूर्व एमालेका केपी ओली र माधव नेपालबीचको सहकार्य हेर्न चाहने कार्यकर्ताहरु  यी दुई नेताबीचको तित्ततापूर्ण सम्बन्ध सुधारको प्रयासलाई 'कोर्ष करेक्सन'का रुपमा हेर्ने गरेका छन् ।

मंगलबारको छलफलपछि दुई नेताबीच सहकार्य हुने अपेक्षामा नेकपाभित्र नयाँ तरंग उत्पन्न भएको छ । यो भेटलाई नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले भने आशंकाको नजरले हेरेको श्रोत बताउँछ ।

भेटमा दुई नेताबीच सम्बन्ध सुधार र सहकार्यबारे छलफल भएको थियो । ओलीले पटक पटक इमोशनल कुरा गरेर धोका दिने गरेको भन्दै माधव नेपालले भने आफु विश्वस्त हुन नसकेको प्रतिक्रिया आफ्ना निकटस्थहरुलाई दिएको बताइन्छ ।

त्यसो त ओलीले नेता नेपाललाई बल्खुमा पार्टीको नयाँ भवन निर्माणसहित अन्य केहि कामको नेतृत्व लिन आग्रह गरेका थिए । 'दुई नेताबीच करिब ४ घण्टा छलफल भएको थियो, कोर्ष करेक्सनको प्रयासका रुपमा हामीले लिएका छौं तर प्रधानमन्त्री तथा पार्टी अध्यक्षका तर्फबाट विश्वासको वातावरण अझै बनिसकेको छैन', श्रोतले भन्यो ।

भदौ ४ गते बसेको सचिवालय बैठकमा ओलीले माधव नेपालले दिएको स्वास्थ्य लाभको शुमकामना अस्विकार गरेपछि दुई नेताबीचको सम्बन्धमा थप दरार आएको थियो । मन्त्री मण्डल विस्तार, पार्टी जिम्मेवारी तथा अन्य राजकीय जिम्मेवारीहरुमा बिधि नबनाई एक लौटी गरेको भन्दै बरिष्ठ नेता नेपालले नोट अफ डिसेन्ट लेख्दै आएका थिए । पछिल्लो पटक प्रदेश प्रमुखहरुको नियुक्तीमा समेत नेपालले असहमति राखेका छन् ।

Advertisement

Advertisement

Advertisement