बंगलादेशी राष्ट्रपतिको सवारीमा धेरैबेर गाडि रोकेपछि यात्रुले हर्न बजाएर यसरी पोखे आक्रोस (भिडियो)

Advertisement

काठमाडौं । मुलुकभित्रका उच्चपदस्थ व्यक्तिहरुको सवारीको नाममा लामो समय सडक जाम गर्ने कुरालाई चर्को आलोचना हुँदै आएको छ । कतिपय समयमा सर्वसाधारणबाट त्यसको प्रतिकारसमेत हुने गरेका उदाहरण छन् । तर, बुधबार विदेशी पाउनाको सवारीका क्रममा समेत सर्वसाधारण यात्रुले लामो समय धैर्य गर्न सकेनन् । हर्न बनाएर त्यसको प्रतिवाद गरे । हुन त विदेशी पाउनाको सुरक्षा र उनीहरुको यात्राका क्रममा ट्राफिक व्यवस्थापन चुनौतिको विषय हो । प्रहरीसँग ट्राफिक व्यवस्थापनका लागि सडकको विकल्प नहुँदा यात्रुहरुको आक्रोसमा उनीहरु पर्ने गरेका छन् ।

Advertisement

भिडियोमा देखिएको दृश्य जमलको हो । बंगलादेशी राष्ट्रपतिको सवारीको नाममा लामो समय प्रहरीले यातायात रोकेपछि जमलमा उनीहरुले लामो समय हर्न बनाएर विरोध जनाए । यसले एकातिर सरकारको कमजोर व्यवस्थापनलाई झल्काउँछ भने अर्कोतर्फ नागरिकममा पनि विरोधका नाममा विदेशी पाउनाका अगाडिसमेत असभ्यता प्रस्तुत गरेको देखिएको छ ।

Advertisement

Advertisement