ग्राण्डी अस्पताललाई 'सरोगेसी'मा प्रतिवन्ध लगाएपछि ज्योति समूह संकटतिर

Advertisement

काठमाडौं । नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको छ ।

२०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा मुछिएपछि कारबाही अघिबढाइएको थियो।

त्यतिबेला नेपाललाई ‘हेल्थ टुरिजम’को ‘हब’ बनाउने भन्दै नेपालमा निजीक्षेत्रबाट सञ्चालित नाम चलेका केही अस्पतालले कानुन विपरीत सरोगेसी सेवा सञ्चालन गरे। यस विषयमा चौतर्फीरूपमा व्यापक आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन नै गरेको थियो।

अनुगमनका क्रममा यस्तो गैरकानुनी धन्दा सञ्चालनमा जमलमा रहेको ग्रान्डी सिटी अस्पताल पाइएको प्रतिवेदन रिपोर्टमा उल्लेख गरिएको थियो। प्रतिवेदनमा उक्त अस्पतालमा १ सय ८० जना सेरोगेट मदर रहेको मन्त्रालयसमक्ष स्वीकारेको समेत उल्लेख गरिएको थियो।

सोही बेला डेढ महिनाका जस्ता देखिने शिशु बोकेर स्वास्थ्य मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका तीन अस्ट्रेलियाली नागरिकले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा बच्चा जन्मेको बताई अन्य अस्पतालमा पनि सरोगेसी सेवा दिइरहेको खुलासा गरेका थिए।

सर्वोच्च अदालतले २०७२ भदौ ८ गते नै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो। उक्त निर्णय प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले गरेको थियो।

उक्त निर्णयपछि मात्र मन्त्रिपरिषद्को २०७२ भदौ ३० गते बसेको बैठकले पहिलाको निर्णय खारेज गरेको थियो। त्यतिबेला दैनिकजसो स्वास्थ्य मन्त्रालयमा अमेरिका, अस्ट्रेलिया र इजरायली दूतावासका अधिकारीहरू नै स्वास्थ्य मन्त्रीलाई भेट गर्न धाउन थालेको तत्कालीन स्वास्थ्य मन्त्री अधिकारी स्वयंले स्विकारेका थिए ।

सबैतिर व्यापक आलोचना भएपछि नेपालस्थित अमेरिकी दूतावासले ‘नेपालको सर्वोच्च अदालतले सन् २०१५ अगस्ट २५ मा सरोगेसी (भाडाको कोख)को सेवा रोकेको र नेपालको मन्त्रिपरिषद्ले २०१५ सेप्टेम्बर १८ मा यसलाई सर्वोच्च अदालतको फैसलाको मितिदेखि नै लागू हुने गरी औपचारिकरूपमा प्रतिबन्ध लगाएको’ भनेर सूचना नै सार्वजनिक गरेको थियो।

सर्वोच्च अदालतले सन् २०१६ डिसेम्बर १२ मा अन्तिम फैसला सुनाएको थियो जसअनुसार सन्तान हुन नसक्ने नेपाली विवाहित दम्पतीले मात्र यो सेवा लिन पाउँछन्, एकल महिला वा पुरुष, तेस्रो लिङ्गी जोडी र विदेशी नागरिकहरूले पाउँदैनन्।

सरोगेसी सेवा नेपालभित्र प्रतिबन्धित भएको कारण यससँग सम्बन्धित अभिलेखको प्रक्रिया यहाँबाट गर्न सकिँदैन। उदाहरणका लागि जन्मको प्रमाण लिन नसकिने, नेपालबाहिर आईभीएफ र सरोगेसी सेवा लिएको भए पनि नेपालमा सन्तान जन्मेको छ भने उसको भिसा वा एक्जिट पर्मिट नपाइने अवस्था छ।

भिसा वा एक्जिट पर्मिट नभएको खण्डमा नवजात शिशुले नेपाल छोडेर बाहिर जान पाउँदैन।‘सरोगेसी सेवा दिने केही अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई अझै पनि यो सेवा प्राप्त गर्न सकिने सूचीमा राखिरहेका छन्।

सो सेवा लिई सन्तान जन्माउन इच्छुक अभिभावकले नेपाललाई आफ्नो गन्तव्य नबनाउनु होला। साथै आईभीएफ र सरोगेसी सेवा लिने क्रममा त्यसको कुनै चरण नेपालभित्र सम्पन्न हुने वा नेपालमा बच्चा जन्मिने अवस्थाको सिर्जना नगर्नुहोला’ सार्वजनिक गरिएको सूचनामा लेखिएको थियो।

‘रुप ज्योतिमा कठोर इश्र्या छ’
हार्वर्डबाट उच्च शिक्षा हासिल गरेका रुप ज्योति आफ्नै परिवारका सदस्यसँग पनि कठोर इश्र्याभाव राख्छन् । उनले ससुराली (श्रीमती विना ज्योतिको माइती)का बिरामी भार्इ अरूणरत्न तुलाधरको हेरचाह गरेको भन्दै ससुरालीको घरबहालबाट उठेको रकम आधा उठाई लिनेगरेका छन् ।

प्राप्त जानकारीअनुसार यही कारणले जेठो सालाभार्इ विनयरत्न तुलाधरसँग पनि रुप ज्योतिको सम्बन्ध राम्रो छैन। यसले गर्दा पारिवारिक तनाब स्थायी रूपमा रहेको उनको पारिवारिक सूत्रले जनाएको छ।

‘विनयलाई एक दिन भए पनि थुनाउँछु’ भन्ने रुप ज्योतिले आफू उद्योग राज्यमन्त्री भएका बेला पुल्चोकस्थित प्रहरी कार्यालयमा विनयलाई हाजिर पनि गराए, तर ससुराली र श्रीमती विनाको दबाबका कारण उनका सालाभार्इलाई पक्राउ गराउन भने सकेनन् ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement