एभरेष्ट बैंकको नाफा ६९ करोड, यस्ता छन अरु सूचक

Advertisement

काठमाडौं । एभरेष्ट बैंकले तीन महिनामा ६९ करोड नाफा आर्जन गरेको छ । यो नाफा बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनिामा कमाएको भन्दा ६ करोड बढी हो । २०७५ असोज मसान्तमा बैंकले ६३ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने २६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

यो अवधीमा एक खर्ब ३४ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ९ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७४.८९ प्रतिशत कायम छ । बैंकले ३ अर्ब ५८ करोड ब्याज आम्दानी गरेर २ अर्ब १५ करोड ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४३ करोड रुपैयाँ छ ।

८ अर्ब १० करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.१७ प्रतिशत छ भने कस्ट अफ फण्ड ६.३८ प्रतिशत छ । बैंकको स्प्रेड दर ५.२४ प्रतिशत भने आधार ब्याजदर ८.५२ प्रतिशत छ । एभरेष्टको प्रति सेयर नेटवर्थ भने २२७.३३ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement