सिटिजन्स लाइफको नाफा १२८ प्रतिशतले बढेर ५ करोड

Advertisement

काठमाडौं । सिटिजन्स लाइफको नाफा १२८.७६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामै ५ करोड १ लाख नाफा आर्जन गर्न सफल भएको हो । २०७५ असोज मसान्तमा २ करोड १९ लाख नाफा आर्जन गरेको सिटिजन्सले यो अवधीमा २ करोड ८२ लाखले नाफा वृद्धि गर्न सफल भएको हो ।

कम्पनीले हालसम्म एक लाख ४ हजार ९ सय १५ वटा बीमालेख जारी गरेर ३३ करोड ९४ लाख २७ हजार बीमा शुल्क आर्जन गरेको छ । एक अर्ब ७५ करोड चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ८० करोड ३ लाख रुपैयाँ रहेको छ ।  सिटिजन्सले बार्षिक प्रति हजार ३५ देखि ७० रुपैयाँ बोनस दर घोषणा गरेको छ ।

Advertisement

Advertisement

Advertisement