सांग्रिला बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपको सेवामा १० प्रतिशत छुट पाउने

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा सो मात्राको छुट पाउने भएका हुन् ।

उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

यस सांग्रिला बैंकले ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ् हस्पिटालिटीको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement