शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड २०१९’

Advertisement

काठमाडौं । शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित गरिएको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले प्रदान गर्दै आएको एनएस क्वालिटी अवार्ड यो वर्ष शिवम्ले पाएको हो ।

विभागले प्रदान गर्ने तिन अवार्ड मध्ये यस वर्ष तिनै विधामा सिमेन्टले पाएको हो। शिवम्ले पहिलो स्थान ओगट्न सफल भयो भने क्रमशः मारुती सिमेन्ट र शुभश्री जगदम्बा सिमेन्ट दोस्रो र तेस्रो स्थानमा पर्न सफल भए ।

बालाजु माछापोखरी स्थित नेपाल नापतौल तथा गुणस्तर विभागले आयोजना गरेको अवार्ड वितरण तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले क्वालिटीमा सिमेन्ट उद्योगहरु जिम्मेवार बन्दै गएको बताए ।

उद्योग मन्त्री मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने भनिए पनि स्वास्थ अवस्था प्रतिकुल भएकाले मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बिजेता उद्योगहरुलाई पुरस्कार तथा सम्मान गरेका थिए ।

Advertisement

Advertisement

Advertisement