विधान संशोधनका लागि गर्ने भनिएको विशेष साधारणसभा रोक्ने महासंघको औपचारिक निर्णय

Advertisement

नेपाल उद्योग बाणिज्य महासंघको बिहीबारसम्पन्न कार्यकारिणी समितिको बैठकले विधान संशोधनका लागि गर्ने भनिएको विशेष साधारणसभा रोक्ने औपचारिक निर्णय गरेको छ । यसअघि स्थायी समितिले पनि उक्त निर्णय गरिसकेको थियो ।

विधान संशोधन गरी अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने वा अप्रत्यक्ष निर्वाचन गर्ने ? भन्नेसम्वन्धी प्रावधान र विशेषगरी अहिले वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई स्वतः अध्यक्ष हुन दिने वा नदिने भन्ने विषयमा महासंघको विधान सशोधनको विषय अडकिरहेको बेला महासंघका दुई पक्षहरु मिलेकाले विशेष महाधिवेशन रोक्ने निर्णय गरिएको हो ।

यही कात्तिम अन्तिमलाई विशेष महाधिवेशनको समय तोकेर विधान संशोधनको व्यापक तयारी र लबिङ पनि भएको थियो । तर पछिल्लो गोप्य सहमतिअनुसार अब शेखर गोल्छा नै अहिलेको विधानअनुसार स्वतः अध्यक्ष हुन पाउने छन् । महासंघको आजको कार्यकारिणी समितिले महासंघको विधान २०४९ (छैठौ संशोधन सहित) संशोधनको लागि यही २०७६ साल कार्तिक २९ गते हुने भनिएको विशेष साधारणसभा रोक्का गर्ने सम्बन्धमा स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले सरकारले अगाडी बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसँग यथाशीघ्र छलफल गरी अघि बढ्ने, उद्योगी तथा व्यवसायीहरूमाथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यवहारले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकुल प्रभाव पर्नसक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने र महासंघको महानिर्देशकमा सरकारका पूर्वसचिव धरणीधर खतिवडालाई नियुक्ति गर्ने निर्णय अनुमोदन गर्ने निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement