कुमारी बैंकको नाफा ४० करोड १९ लाख, यस्ता छन् अरु सूचक

Advertisement

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४० करोड १९ लाख नाफा आर्जन गरेको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा जम्मा ३५ करोड १८ लाख नाफा आर्जन गरेको थियो । अर्थात बैंकले गत आवको सोही अवधीको तुलनामा यसपाली ५ करोड १ लाख रुपैयाँले नाफा वृद्धि गरेको हो ।

बैंकको वितरण योग्य नाफा भने २५ करोड ४८ लाख रहेको छ । बैंकले यो अवधीमा ७८ अर्ब ३० करोड निक्षेप संकलन गरेर ७७ अर्ब २४ करोड कर्जा लगानी गर्दा सीडी रेसियो ७९.८० प्रतिशत कायम भएको छ । बैंकले २ अर्ब ६३ करोड ब्याज आम्दानी गरेर १ अर्ब ७१ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ९१ करोड कायम गरेको छ ।

९ अर्ब ५५ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.०५ प्रतिशत रहँदा कस्ट अफ फण्ड ७.२२ प्रतिशत छ । आधार ब्याजदर १०.६८ प्रतिशत कायम हुँदा स्प्रेड दर भने ३.७५ प्रतिशत कायम छ । बैंकको प्रति सेयर आम्दानी १६.८३ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ १२६.३९ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement