माछापुच्छ्रे बैंकले कमायो साढे ३७ करोड नाफा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ३७ करोड ६० लाख पुगेको छ । बैंकले चालु आवको पहिलो त्रैमासिक अर्थात असोज मसान्त अवधीमा सो मात्रामा नाफा आर्जन गरेको हो । बैंकको वितरण योग्य नाफा भने १५ करोड ५ लाख रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंकले असोज मसान्त अवधीमा ९१ अर्ब निक्षेप संकलन गरेर ८३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७७.०८ प्रतिशत कायम छ । बैंकले २ अर्ब ७९ करोड ब्याज आम्दानी र १ अर्ब ८४ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ९५ करोड पुर्याएको छ । ८ अर्ब ४५ करोेड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

बैंकको आधार ब्याजदर १०.५६ प्रतिशत छ भने स्प्रेड दर ५.१८ प्रतिशत छ । कस्ट अफ फण्ड ७.५७ प्रतिशत रहँदा खराब कर्जा ०.३१ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी १७.७८ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १२६.६४ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement