सेञ्चुरी बैंकको नाफा ३७ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आवको पहिलो त्रैमासिकमा आफ्नो नाफा १० करोडले वृद्धि गरेर ३७ करोड पुर्याएको हो । गत आवको पहिलो त्रैमासिकमा बैंकको नाफा २७ करोड मात्रै थियो ।

बैंकले वितरण योग्य नाफा भने १८ करोड रुपैयाँ आर्जन गरेको छ । २०७६ असोज मसान्त अवधीमा बैंकले ६१ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७९।२१ प्रतिशत कायम गरेको छ ।

बैंकले २ अर्ब १३ करोड ब्याज आम्दानी गरेर १ अर्ब ३५ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी भने ७८ करोड कायम गराएको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशत छ भने स्प्रेड दर ४.८४ प्रतिशत छ ।

सेञ्चुरीको आधार ब्याजदर १०.४५ प्रतिशत रहँदा कष्ट अफ फण्ड भने ७.९९ प्रतिशत कायम छ । बैंकको प्रति सेयर आम्दानी १७.६३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १२१.२९ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement