नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ३३ प्रतिशतले वृद्धि भएको छ । २०७५ असोज मसान्त अवधीमा ३० करोड नाफा कमाएको बैंकले २०७६ असोज मसान्त अवधीमा ४० करोड पुर्याएको हो । बैंकले वितरण योग्य मुनाफा भने १४ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ ।

बैंकले पहिलो ३ महिनामा ५९ अर्ब निक्षेप संकलन गरेर ५५ अर्ब कर्जा लगानी गर्दा ७५.७३ प्रतिशत सीडी रेसियो कायम गराएको छ । बैंकले एक अर्ब ८० करोड ब्याज आम्दानी गरेर १ अर्ब १५ करोड ब्याज खर्च गर्दा ७४ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ ।

८ अर्ब ८ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ५४ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा १.९७ प्रतिशत, स्प्रेड दर ४.८८ प्रतिशत, आधार ब्याजदर ९.८७ प्रतिशत छ ।

बैंकको कष्ट अफ फण्ड भने ७.२९ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १९.९१ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १५८.३४ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement