सात महिनामा विश्वका १४ अग्ला हिमाल चढेर निर्मल पुर्जाको विश्व रेकर्ड

Advertisement

काठमाडौं । सात महिनामा विश्वका १४ अग्ला हिमाल चढेर निर्मल पुर्जाले विश्व रेकर्ड कायम गरेका छन् । निर्मलको आरोहण अभियानमा सहयोग गर्दै आएको हामा आइरन एण्ड स्टिल इण्डष्ट्रिज र प्रिमियर इन्स्योरेन्स कम्पनीले बिहीबार साँझ एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरे ।

ब्रिटिश गोर्खा बिग्रेडमा नियुक्त भई ‘एसबीआई फोर्स’बाट अवकाश लिएर सात महिना नेपाल अन्य मुलुकका गरी १४ वटा आठ हजारभन्दा अग्ला हिमालको अफल आरोहण गरेका निर्मलले कार्यक्रममा आफ्नो अनुभव सुनाए । यस्ता अग्ला हिमालहरु यसअघि सात वर्ष ११ महिना १४ दिनमा आरोहण गरेको विश्व रेकर्ड रहेकोमा निर्मलले ६ महिना ६ दिनमा चढेर बिश्व किर्तिमान कायम गरेका हुन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव नेपाल, काँग्रेसका युवा नेता गगन थापा, मिस नेपाल श्रृखला खतिवडालगायत सहभागी थिए । १४/७ प्रोजेक्ट पोलिवल नाम दिइएको उनको यस सफल मिशनले निर्मलको मात्रै नभएर मुलुकको पनि प्रतिष्ठा बढेको सहभागी वक्ताहरुले बताए ।

Advertisement

Advertisement

Advertisement