आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, आफूले पट्कासमेत नपडकाएको आलमको दावी

Advertisement

रौतहट । जिल्ला अदालत रौतहटले १२ बर्षअघि पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम बिस्फोटको घटनाका जिवित घाइतेहरुलाई समेत तातो इट्टाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आलम विरुद्धको मुद्दामा वादी र प्रतिवादी दुवै पक्षको थुनछेक बहस सकिएपछि दीपक ढकालको इजलाशले शुक्रबार आलमलाई थुनामा पठाउन आदेश दिएको हो । वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना वकिलले आठ दिन बहस गरेपछि अदालतले उक्त आदेश दिएको हो ।

बहस सकिएपछि न्यायाधीश ढकालले पीडित श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोधेका थिए । आलमले आफूमाथिको आरोप अस्वीकार गर्दै आफूले बम त परको कुरा पड्कासमेत नपड्काएको दावी गरेका थिए ।

Advertisement

Advertisement

Advertisement