परराष्ट्रविदहरुको एउटै स्वरः अब कालापानीमा सेना राख्नुपर्छ’

Advertisement

काठमाडौं । कालापानीमा नेपाली सुरक्षाकर्मी भारतसँग वार्ता गर्नुपर्ने सरोकालवाला व्यक्तिहरुले बताएका छन् । संवाद डबलीले शुक्रबार गरेका अन्तरसंवाद कार्यक्रममा बोल्दै परराष्ट्र मालिलाकार हिरण्यलाल श्रेष्ठले नेपालीभूमीलाई भारतले आफ्नो नक्साभित्र पारेको भन्दै आपत्ति जनाए । नेपालको सीमा लिम्पियाधुरासम्म भएको भन्दै त्यसलाई फिर्ता ल्याउन त्रिपक्षीय वार्ता गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै श्रेष्ठले सुगौली सन्धीको आधारमा पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालीकै भूभाग भएको बताए । उनले त्यो फिर्ताको लागि संयुक्त राष्ट्रसंघमा जानु पर्ने बताए । तर, त्यो भन्दा पहिले दुई पक्षीय र त्रिपक्षीय वार्ता हुनुपर्ने बताए । सीमा समस्याको समाधान कुटनीतिक रुपमा समाधान गर्नुपर्ने भएपनि नेपालले भारतसँग अहिलेसम्म नसकेको धारणा राख्दै श्रेष्ठले अब नागरिकले सडकमा आउनु पर्ने बताए ।

त्रिदेशीय विन्दू लिम्पियाधुरा भएको बताउँदै श्रेष्ठले सुरक्षाकर्मी राखेर भारतसँग वार्ता गर्नुपर्ने बताए । समस्या समाधानको लागि नेपाली सुरक्षाकर्मी राख्नुपर्ने, दुई देशीय र त्रिदेशीय वार्ता गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।

वरिष्ठ पत्रकार भैरव रिसालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा आफूले जनगणना गराएको बताउँदै नेपालीभूमी भएको बताए । वि।सं। २०१७/१८ मा जनगणना गराएको जानकारी गराउँदै रिसालले त्यो बेला भारतको कुनै उपस्थिति नरहेको र नेपाली नागरिक मात्रै भएको बताए । राजाले हस्ताक्षर नगरेको बताउँदै रिसालले सुगौली सन्धीमा नै अवैधानिक रहेको दाबी गरे ।

सुगौली सन्धीमा काली नदी पारीको भूभाग नेपालको उल्लेख गरिएको बताउँदै रिसालले महाकालीको मुहान लिम्पियाधुरा भएकोले भारतले नक्कली काली नदी बनाएको भन्दै आपत्ति जनाए । उनले लिम्पियाधुरा बाट बग्ने नदीमा ५२ सय घनलिटर पानी प्रति सेकेण्डमा बग्ने भएकोले महाकालीको मुहान लिम्पियाधुरा भएको बताए । भारतले बनाएको नक्कली काली नदीमा २२ सय घनलिटर मात्रै पानी बग्ने गरेको बताउँदै रिसालले यो आधारमा लिम्यिाधुराबाट आएको नै मुख्य नदी भएको बताए । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालीभूमी भएको प्रमाण सुरक्षति भएको बताउँदै रिसाले भने, “कालीपूर्व हाम्रो भूमी हो भन्ने हामीसँग धेरै प्रमाण छन्, तत्कालिन बैतडी र हालको दार्चुला मालमा तिरो तिरेको रसिद सुरक्षति छ ।”

भारतले सार्वजनिक गरेको नक्सा फिर्ता लिनुपर्ने, सुरक्षाकर्मी हटाउने पर्ने माग राख्दै रिसालले नेपाली सुरक्षाकर्मी पनि कालापानी, लिपुलेकमा तैनाथ गर्नुपर्ने बताए । उनले अब नेपालीभूमी फिर्ता ल्याउन उठेको आवाजलाई रोक्न नहुने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव कर्णजीत बुढाथोकी ‘शुशील’ले नेपाली नेताको दलाली र चाकरीकै कारण भारतले अतिक्रमण गर्दै आएको बताए । उनले भारतले क्षेत्रीय शक्ति नभएर शत्रुको व्यवहार गरिरहेको बताए । नेपालीभूमीको रक्षाको लागि सबै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउँदै जनता एकजुट हुने बेला आएको बताए ।
जनयुद्धमा भारतीय दादागिरी र अतिक्रमणविरुद्ध जनयुद्धमा सुरुङ युद्ध थालेको भन्दै नेताहरुकै दलालीका कारण राष्ट्रियताको आन्दोलन कमजोर भएको बताए ।

सीमामा काँडेतार लगाउनु पर्छ भन्दै अभियान संचालन गरिरहेका नायक नवल खड्काले सीमा सुरक्षाको लागि नेपाली सेनालाई तैनाथ गर्नुपर्ने धारणा राखे । उनले नेपाली सेनालाई व्यारेकमा होइन सीमामा खटाउने पर्ने भन्दै भारतीय अतिक्रमणविरुद्ध सारा नेपाली एकजुट हुनुपर्ने बताए ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालीभूमी भएको बताउँदै खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा गएर अनसन बस्नुपर्ने बताए । उनले अन्य नेताहरुलाई पनि सीमा सुरक्षाको लागि अगाडि बढ्न सुझाव दिँदै आफूहरु आवश्यक परे रगत दिन तयार रहेको बताए ।

भारतीय अतिक्रमणविरुद्ध सडकमा भइरहेका विरोध प्रदर्शनमाथि गरिएको धरपकडको विरोध गर्दै भने, “भारतीय अतिक्रमणविरुद्ध सडकमा देखिएका आवाजमाथि प्रहरीले दवाउन खोजिरहेको छ, गिरफ्तार र धरपकड गर्नेहरु विखण्डनकारी हुन् ।”

सत्तारुढ (नेकपा)का युवा नेता प्रकाश रोकायले वर्तमान सरकारले सीमाको सुरक्षा गर्न र भातरले आफ्नो नक्सामा पारेको भूमी फिर्ता ल्याउनेमा नसक्ने भन्दै सबै जनता एकजुट भएर दवाव दिनुपर्ने धारणा राखे । उनले अहिले सर्वपक्षीय बैठक र छलफल औपचारिकतामा समित हुने र नेपालको गुमेको भूमी फिर्ता नहुनेमा शंका व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement