नेपाल बंगलादेश क्यापिटलकोे प्रथम वार्षिक साधारणसभा सम्पन्न, २२ लाख मुनाफा आर्जन

Advertisement

काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडकोे प्रथम वार्षिक साधारणसभामा शुक्रवार सम्पन्न भएको छ । नेपाल बंगलादेश बैंकको सतप्रतिशत लगानीमा खुलेको यस कम्पनीको चुक्ता पुँजी २० करोड रुपियाँ रहेको छ । क्यापिटलका अध्यक्ष सुरेन्द्रभुषण श्रेष्ठको अध्यक्षतामा भएको सभामा कम्पनीले गत वर्ष गरेको वार्षिक आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।

आर्थिक वर्ष २०७५।७६ मा उत्त क्यापिटलले २२ लाख २० हजार खुद नाफा गर्न सफल भएको छ । पूँजी बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभुति तथा संस्थागत लगानी परामर्शदाताका रुपमा कार्य गर्ने प्रमुख उद्देश्य लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ कात्तिक ८ विधिवत दर्ता भएको यस मर्चेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०७५ पुस २६ गते धितोपत्र व्यवसाय गर्ने इजाजत प्राप्त भएको थियो ।

यस क्यापिटलले नेपाल बङ्गलादेश बैंकको शेयर रजिष्ट्रार सेवा दिँदै आएको छ । निकट भविष्यमा नै यस क्यापिटलले सामुहिक लगानी कोष र लगानी व्यवस्थापनको कार्य अगाडी बढाउने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement