मृगौलामा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री अस्पताल भर्ना

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओली नियमित स्वाथ्य चेकजाँचका क्रममा ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । मृगौला प्रत्यारोपणपछि नियमितरुपमा स्वदेश तथा विदेशका अस्पतालहरुमा फलोअप उपचार गराउँदै आएका ओली शनिबार मृगौलामा राखिएको ‘स्टेन्ट’ निकाल्न अस्पताल पुगेका हुन् ।

यो पिसाव सहजरुपमा बाहिर निकाल्ने प्रविधि हो । कात्तिक दोस्रो साता पिसाब फेर्न समस्या भएपछि मृगौलामा स्टेन्ट राखिएकोमा अहिले निकाल्न लागिएको हो । ग्रान्डी पुगेका ओलीको मृगौलामा राखिएको स्टेन्ट निकाल्नेबाहेक अन्य जाँच पनि हुने जनाइएको छ ।

स्वास्थ्यमा जटिलता थपिँदै गएपछि कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिन उपयुक्त पात्रको खोजी गरेको समाचार शुक्रबार बाहिर आएको थियो । उनले आफ्नो फलोअप उपचारका बारेमा शुक्रबारको मन्त्रिपरिषद् बैठकलाई पनि जानकारी गराएका थिए । चिकित्सकहरुको सल्लाहमा ओली आज अस्पतालमै बस्नसक्ने संभावना रहेको औंल्याइएको छ ।

Advertisement

Advertisement

Advertisement