नविल बैंकको नाफा १ अर्ब १२ करोड, यस्ता छन् लोभ लाग्दा अरु सूचक

Advertisement

काठमाडौं । नविल बैंकले ३ महिनामै एक अर्ब १२ करोड नाफा आर्जन गरेको छ । बैंकले २०७५ असोज मसान्तको तुलनामा ७ करोडले नाफा वृद्धि गरेको हो । २०७५ असोजमा बैंकको नाफा एक अर्ब ५ करोड थियो । नविल बैंकले ३ महिनामा वितरण योग्य मुनाफा नै ७४ करोड आर्जन गर्न सफल भएको छ ।

बैंकले एक खर्ब ७२ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ३५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७४.०९ प्रतिशत कायम छ । बैंकले ४ अर्ब २६ करोड ब्याज आम्दानी गरेर २ अर्ब ३४ करोड ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी एक अर्ब ९१ करोड पुर्याएको छ ।
९ अर्ब १ करोड चुक्ता पुँजी भएको बैंकको १० अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

नविलको आधार ब्याज दर ७.९४ प्रतिशत छ भने कष्ट अफ फण्ड ६.२० प्रतिशत छ । बैंकको खराब कर्जा ०.६५ प्रतिशत छ भने स्प्रेड दर ४.४५ प्रतिशत छ । नविलको प्रति सेयर आम्दानी ४८.९३ रुपैयाँ छ ।

Advertisement

Advertisement

Advertisement