सत्ताइस वर्षमा ४० पटक नेपाल आएका समाजसेवी इसोइका जापानका लागि भ्रमण वर्षको दूत नियुक्त

Advertisement

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा जापानका लागि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाइसकेका हिरोमी इसोइकालाई सद्भावना दूत नियूक्त गरिएको छ ।

काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षका संयोजक सुरज वैद्यले सद्भावना दूतको प्रमाण–पत्र हस्तान्तरण गरे । सन् २००१ जनवरी १ तारिककै दिन विश्वकै सबैभन्दा ठूलो ड्रम बनाएर गिनिज बुक अफ दी वल्र्ड रेकर्ड बनाउन सफल इसोइकाले सन् २००३ देखि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

पेशाले निर्माण व्यवसायी इसोइकाले २७ वर्षमा ४० पटक नेपाल आइसकेका छन् । पशुपतिनाथ क्षेत्रमा वायो शौचालय बनाएर विश्वभरी नै चर्चामा आएका उनी केही वर्षअघि छोरी र श्रीमतीका साथ नेपाल आउँदा महिलाहरुलाई शौचालय गर्न कठिनाइ भएको देखेपछि उक्त काम गरेको भन्दै निकट भविश्यमा नेपालका विभिन्न भागमा शौचालय निर्माण गर्ने जनाए ।

नेपाल–जापान सम्बन्धको ५० वर्षगाँठ पुगेको अवसरमा टुडीखेलमा जापानमा झै विश्वकै ठूलो ड्रम बनाएर प्रदर्शनी गरेका इसोइका नेपाल–जापान मैन्त्री समाजका जापान पक्षको अध्यक्ष समेत छन् । ‘नेपाल आउँदा आफ्नो पुराना घर आएको महसुस हुने इसोइका नेपालले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न लाग्ने बताए ।

नेपालमा पर्यटनको संभावना धेरै छ । हिमालबाहेकका अन्य क्षेत्रमा पनि पर्यटनलाई आकर्षण गर्न सक्नुपर्ने कार्यक्रममा उनको सुझाव थियो ।

Advertisement

Advertisement

Advertisement