कान्छा सीईओको 'एक नम्बर' दौडः ३ महिनामै अर्बपति क्लबमा एनआइसी एसिया

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले ३ महिनामै एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आर्थिक वर्षको असोज मसान्तमा आर्जन गरेको भन्दा २५ करोड रुपैयाँ अर्थात ३३ प्रतिशतले बढी हो । बैंकले २०७५ असोज मसान्तमा जम्मा ७५ करोड नाफा आर्जन गरेको थियो ।

एनआइसी एसियाले वितरण योग्य नाफा नै ४४ करोड पुर्याएको छ । बैंकले यो अवधीमा एक खर्ब ७९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सीडी रेसियो ७८.३५ प्रतिशत कायम गराएको छ । बैंकले ३ महिनामा ५ अर्ब १४ करोड ब्याज आम्दानी र ३ अर्ब ३० करोड ब्याज खर्च गरेर एक अर्ब ८४ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

९ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
एनआइसी एसियाको खराब कर्जा ०.४५ प्रतिशत छ भने आधार ब्याज दर ९.५१ प्रतिशत छ । बैंकको स्प्रेड दर ५.१० प्रतिशत रहँदा कस्ट अफ फण्ड भने ६.९९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४०.७८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५३.६१ रुपैयाँ रहेको छ ।

कान्छा सिइओको उपमा पाएका रोशन न्यौपानले बैंकलाई फरक ढंगले अघि बढाउँदै केहि वर्षभित्रै एक नम्बरको बैंक बनाउने बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement